आफ्नो गाडी छाडी, सुन्दरको विद्युतीय माइक्रोबसमा सरर ओली
काठमाडाैं | साउन ३, २०७९
काठमाण्डौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गाडी छोडेर विद्युतीय माइक्रोबसमा यात्रा गरेका छन ।
एमाले अध्यक्ष ओली सुन्दर यातायात प्रालीले सञ्चालनमा ल्याएको विद्युतीय माइक्रोबसमा भक्तपुरको बालकोट देखि ललितपुरको च्यासलमा रहेको पार्टी कार्यालयसम्म पुगेका हुन ।
सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबस देखेपछि आफ्नो गाडी छाडेर सुन्दर यातायातको माइक्रोबस चडेका हुन ।
एमाले अध्यक्ष ओली युवा संघका नेतालाई साथमा लिएर च्यासल पुगेका हुन । ओलीका अंगरक्षक माइक्रो बसमै बसे भने स्कर्टिङ गाडी पछि पछि लाग्यो । काठमाडौं देखि सिन्धुली हुँदै धनुषा रुटमा चल्ने माइक्रोबसमा सवार गरेर पार्टी कार्यालय पुगेका ओलीले वातावरण संरक्षण र पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सार्वजनिक यातायात आवश्यक रहेको बताएका छन ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि पनि बुटवल भैरहवा रुटमा सुन्दर यातायात प्रालिले सञ्चालनमा ल्याएको विधुतिय बसमा सवार गरेका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकै बेला नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक यातायात नेपालमा सञ्भालनमा ल्याइएको थियो ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

